aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अप्पर स्याङ्गे हाइड्रोपावरले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ मंसिर २०८०
अप्पर स्याङ्गे हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं । अप्पर स्याङ्गे हाइडोपावरले सातौं वार्षिक साधारण सभा पुस १७ गते आयोजना गरेको छ । सभा कुण्डलिनी दरबार ब्याक्वेट चप्पल कारखाना चोक काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।  

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको पनि निर्वाचान गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस