aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रावा इनर्जीले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ मंसिर २०८०
रावा इनर्जीले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले पुस १७ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बानेश्वर बैंक्वेट, थापागाउँ, काठमाडौंमा दिउसो १ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । रित्त दुई जना सञ्चालकमध्ये एक जना सर्वसाधारणतर्फबाट र एक जना संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा पुस १ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस