aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आत्मनिर्भर लघुवित्तको पहिलो वर्षको लाभांश १५ प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ मंसिर २०८०
आत्मनिर्भर लघुवित्तको पहिलो वर्षको लाभांश १५ प्रतिशत

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले २०७९ फागुन २८ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो । आईपीओ जारी पछि पहिलो वर्षनै कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
 

प्रतिक्रिया दिनुहोस