aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नागरिक स्टक डिलरको साधारणसभा पुस २० गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ मंसिर २०८०
नागरिक स्टक डिलरको साधारणसभा पुस २० गते

काठमाडौं । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले पुस २० गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ३ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीको गत असार २७ गतेको सञ्चालक समितिको बैठकले रित्त सञ्चालकको पदमा नियुक्त गरिएको सञ्चालकको अनुमोदन पनि सभाले गर्नेछ । 

कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव रहेकाले संशोधनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस