aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रोयल इन्फिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ मंसिर २०८०
रोयल इन्फिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ सम्पन्न

काठमाडौं । रोयल इनफिल्डले हन्टर ब्रेकफास्ट राइड आयोजना गरेको छ । निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, रोयल इनफिल्डको लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले  ‘रोयल इनफिल्ड हन्टर ब्रेकफास्ट राइड कार्यक्रम आयोजना गरेको हो ।

मंसिर २३ गते बिहान ७ः३० बजे रोयल इनफिल्डको शोरूम नक्सालबाट सुरु भएको सो राइड रोयल इन्फिल्ड सोरूमदेखि दरबार मार्ग, शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, सोल्टिमोड, कलंकी हुँदै कालुपाण्डे हिलसम्म रहेको थियो ।

राइडमा ४१ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी थिए । यस कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा सचेतना, व्यवस्थित सवारी प्रवर्द्धन रहेको अल्फा अटोमोटिभले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस