aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सम्झौता भएको १३ महिनापछि पनि शुरु भएन आकाशे पुलको काम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ मंसिर २०८०
सम्झौता भएको १३ महिनापछि पनि शुरु भएन आकाशे पुलको काम

बाँके । बाँकेको नेपालगञ्ज–कोहलपुर रत्न  राजमार्गका पाँच ठाउँमा आकाशे पूल निर्माणको ठेक्का सम्झौता भएको छ । तर सडक विभागले निर्माणादेश नदिएका कारण सम्झौताअनुरूप आकाशे पूल निर्माण तीव्र गतिमा अघि बढ्न सकेको छैन । 

निर्माणका लागि सम्झौता भएको १३ महिना विते पनि निर्माण व्यवसायीले सम्झौताअनुरूप काम गर्न पाएका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिजाइन स्वीकृत नगर्दा आकाशे पूल निर्माण कार्यमा ढिलाइ भएको हो । 

सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नीरज शाक्यले पुलको ‘डिजाइन रिभ्यु’का लागि विभागको पुल महाशाखामा पठाएको बताए । “फाइल पुल महाशाखामा थन्किएको छ । कहिले स्वीकृत हुन्छ यकिन छैन”, उनले भने । 

आकाशे पुल निर्माणका लागि २०७९ कात्तिकमा चितवनको भरतपुरस्ति डाइनामिक कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो । प्रमुख शाक्यका अनुसार १५ महिनामामै काम सक्ने सहमति भएको छ । तर १३ महिना वित्दापनि सम्झौता कार्यान्वयन हुनसकेको छैन ।   

प्रतिक्रिया दिनुहोस