aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

छिमेक लघुवित्तले प्रस्ताव गर्यो १५ प्रतिशत लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ मंसिर २०८०
छिमेक लघुवित्तले प्रस्ताव गर्यो १५ प्रतिशत लाभांश

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मङ्सिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रूपैयाँको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित कुल लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । 

कम्पनीले हालसम्मकै कम लाभांश प्रस्ताव यस वर्ष गरको हो । यस अघि ५२ दशमलव ७० प्रतिशतसम्म लाभांश वितरण गरेको कम्पनीले गत वर्ष भने २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव २६ प्रतिशत गरी कुल २५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस