aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

गुराँस लघुवित्तले पुस १८ गते बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ मंसिर २०८०
गुराँस लघुवित्तले पुस १८ गते बोलायो साधारण सभा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १८ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भेडेटार भिलेज रिसोर्ट, धनकुटामा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

यस वर्ष कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन् । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गर्ने भएको हो । यस कम्पनीले आर्थिक वर्ष ०७५/७६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको थियो । पहिलो आर्थिक वर्ष कुल ८ दशमलव शून्य १ प्रतिशत, दोस्रो वर्ष १७ दशमलव ७९६ र तेस्रो वर्ष ४ दशमलव २१०५ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने वितरणयोग्य मुनाफा सञ्चित गर्न लागेको हो ।

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालकको निर्वाचन गर्नेछ । साथै अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिन बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा पुस ३ गतसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस