
काठमाडौं । नेपालको लागि टीभीएस टू ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस एक्सेन्ज एन्ड फाइनान्स फेयरको आयोजना गरेको छ ।
कार्तिक १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डपमा संचालन हुने यो मेलाको प्रमुख आकर्षण ग्राहकले ३० प्रतिशत डाउन पेमेन्टको फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप १० हजार मूल्यांकन जस्ता अफर रहने छन् । मेलाको अन्य आकर्षणमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहार हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन् ।
कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटरको बदलामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने यो अनुपम योजनाले टीभीएससँग नाता जोड्न चाहने नयाँ ग्राहकलाई सुनौलो अवसर प्रदान गरेको छ भने पुराना टीभीएस ग्राहकले आफ्नो बाइकको स्तरोन्नति गर्ने मौका पाएका छन् ।
ग्राहकले टीभीएस दशैंको दौड योजना अन्तर्गत बाइक नकिन्दा नै १ लाखसम्म नगद जित्न सक्नेछन् भने किन्दा १०० प्र्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन् । साथमा अन्य आकर्षक उपहारहरु पनि यस योजनामा प्राप्त गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस