काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित अघिल्लो आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण स्वीकृत भएको छ ।
त्यसैगरी उक्त सभामार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम गत आर्थिक वषको लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ । कम्पनीकोे सञ्चालक समितिको रिक्त पदमा दीपप्रकाश पाण्डे निर्विरोध निर्वाचित हुनुका साथै सर्वसाधारणहरुको लागि ७५ करोडको शेयर सार्वजनिक निष्काशन समेत गर्ने निर्णय समेत पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस