
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीकोे २५औं वार्षिक साधारण सभा कात्तिक २६ गते गर्न लागेको छ । कम्पनीको सभामा संचालक समितिको संरचना परिर्वतन गर्ने, भविष्यामा अन्य कुनै निर्जीवन बीमा कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा संचालकलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।
त्यस्तै कम्पनीको सभाले २०७४ /०७५ को वार्षिक प्रतिवेदन पारित गर्ने र संचालक समिति सदस्यहरुको बैठक भत्ता परिमार्जन गर्ने विषय पारित गर्ने रहेको छ । कम्पनीले साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका कात्तिक ८ गतेदेखि २६ गतेसम्म बन्द रहने भएको छ ।
प्रतिक्रिया दिनुहोस