aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

साञ्जेन र रसुवागढीको आईपीओ बाँडफाँट भोलि, आवेदक सबैले शेयर पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ बैशाख २०७६
साञ्जेन र रसुवागढीको आईपीओ बाँडफाँट भोलि, आवेदक सबैले शेयर पाउने

काठमाडौं । साञ्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओ भोलि बिहीबार बाँडफाँट हुने भएको छ । कम्पनीका आईपीओ दिनको ३ बजे उर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालयको सभाहलमा बाँडफाँट हुने जानकारी साञ्जेन जलविद्युत कम्पनीको विक्री प्रबन्धक नागरिक लगानी कोष (सिआइटी)ले जनाएको छ । 

नागरिक लगानीकोषका अनुसार सान्जेन जलविद्युत कम्पनीको आइपीओमा ३ लाख ४ हजार जनाले १ करोड ४१ लाख कित्ताका लागि आवेदन परेको छ । साञ्जेनले कुल ५४ लाख ७५ हजार कित्तामध्ये २ लाख १९ हजार कित्ता कम्पनीका कर्मचारी र २ लाख ७३ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ४९ लाख ८२ हजार २५० कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरेको होे । यसमा माग भन्दा २ दशमलव ८३ गुणा बढी आवेदन परेको छ । 

जनताको जलविद्युत कार्यक्रममा समेटिएका साञ्जेन र रसुवागढीको आईपीओ पनि ऊर्जा मन्त्री वर्षमान पुनको उपस्थितिमा बाँडफाँट हुने भएको हो । यसअघि जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको शेयर त्रिशुली जलविद्युत कम्पनीले विक्री गरेको थियो । 

त्यस्तै कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता शेयर मध्य ४ लाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारी र ५ लाख १३ हजार १५७ कित्ता सामूहिक लगानीकोषकाल लागि छुट्याइए बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणका लागि विक्री गरेको रसुवागढीको आईपीओमा १ दशमलव ८३ गुणा बढी आवेदन परेको छ ।

विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १ करोड ७१ लाख ३१ हजार ५१० कित्ताका लागि आवेदन परेको छ । क्यापिटलका अनुसार रसुवागढीको आईपीओमा ३ लाख २ हजार ५३२ जनाले १ करोड ७१ लाख ३१ हजार ५१० कित्ताका लागि आवेदन परेको थियो । 

रसुवागढी हाइड्रो पावर कम्पनी र सान्जेन जलविद्युत कम्पनीको सेयर किन्न आवेदन दिएका हरेकलाई २० र ३० कित्ता पर्ने सम्भावना देखिएको छ ।   यस आधारमा रसुवागढीमा आवेदन दिने आवेदकले औसतमा ३० कित्ता सेयर पाउने देखिएको छ ।  सान्जेन आवेदन दिने आवेदकले औसतमा २० कित्ता सेयर पाउने देखिएको छ ।
 

 

प्रतिक्रिया दिनुहोस