
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएको भन्दै बैंकसहित ८१ कम्पनीको सेयर कारोबार राेक्का गरेकाे छ । आजदेखि नै ती कम्पनीको सेयर काराबोर रोक्का भएको एक्सचेन्जले बताएको छ ।
धितोपत्र सुचिकरण नियमावली २०७५ अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र यस्तो शुल्क बुझाइसक्नुपर्ने प्रावधान भएपनि समयमा शुल्क नबुझाए सेयर कारोबार रोक्का गर्ने गरेकाे छ। यद्यपि, शुल्क बुझाउँदै गएमा मात्र क्रमशः कारोबार पनि फुकुवा हुने नेप्सेले जनाएको छ ।
कारोबार रोक्का भएका कम्पनीहरुमा १८ वटा विकास बैंक, १९ वटा लघुवित्त कम्पनी, ३ वटा व्यापार कम्पनी, सोल्टी र याक एन्ड यति गरी २ वटा होटल, अन्य समूहका २ वटा कम्पनी र ११ वटा लघुवित्त कम्पनी छन् । यस्तै उत्पादन समूहका ११ वटा, जलविद्युत समुहका १३ वटा, बिमा समूहका २ वटा कम्पनी छन् ।
प्रतिक्रिया दिनुहोस