
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हकप्रद निष्कासनको अनुमति माग्दै कम्पनीले असोज २८ गते निवेदन दिएको हो । बोर्डको अनुमति पाएमा कम्पनीले १ बराबर शून्य दशमलव ३ को अनुपातमा ३१ करोड ७१ लाख ९३ हजार रुपैयाँ २०० बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर विक्री गर्नेछ । यो हकप्रद बिक्री गर्नका लागि बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटललाई नियुक्त गरिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५ करोड ७३ लाख १० हजार छ । हकप्रद पश्चात रू. १ अर्ब ३७ करोड ४५ लाख ३ हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस