
एजेन्सी । ऋतिक रोशन र टाइगर श्राफले अभिनय गरेको चलचित्र वारले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ । वारले तीन हप्तामा ३०० करोड रुपैयाँ कलेक्सन गरेको छ । २ अक्टोबरमा रिलिज भएको वारले २१ अक्टोबरसम्म पनि दर्शकले मन पराइरहेका छन् ।
दुई एक्सन हिरोको अभिनयका कारण ५३.३५ करोड पहिलो दिनमा नै कलेक्सन गरेर अर्को नयाँ रेकर्ड बनाएको छ । यसले अमिर खानको ठग्स अफ हिस्दुस्तानको रेकर्ड तोडेको छ । चलचित्र वारले २०१९ ले कविर सिंह, भारत र उरी द सर्जिकल स्टाइकले बनाएको हप्ताभरमा २०० करोडको रेकर्ड समेत तोडेका छन् । त्यस्तै पहिलो दिन हिन्दी क्षेत्रमा ५१.६०, तमिल तेलगु क्षेत्रमा १.७५ कमाइ गर्ने पहिलो चलचित्र बनेको छ ।
प्रतिक्रिया दिनुहोस