aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

‘चिसो बियर’ले दुर्गेश थापालाई पुर्यायो चिसो खोरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ कार्तिक २०७६
‘चिसो बियर’ले दुर्गेश थापालाई पुर्यायो चिसो खोरमा

काठमाडौं । हामी पनि नाच्नुपर्छ बीच–बीचमा बोलको तीज गीत गाएर चर्चामा आएका गायक दुर्गेश थापा पक्राउ परेका छन् । उनीलाई  ‘ह्याप्पी  तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा  प्रहरीले पक्राउ गरेको हो । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुनविपरीत हुने भएकाले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियरसँगै गाँजा सेवनलाई पनि प्रोत्साहन गर्ने शब्द समेटिएपछि उनको गीतको चर्को आलोचना भएको हो ।  

प्रतिक्रिया दिनुहोस