
काठमाडौं । भोलि बिहीबार विभिन्न चार कम्पनीको साधारण सभा हुँदैछ । साधारण सभा गर्ने कम्पनीमा आशा लघुवित्त, ओरियन्टल होटल, युनिलिभर नेपाल र सिद्धार्थ बैंक रहेका छन् । सभाले वार्षिक प्रतिवेदन पारितसँगै प्रस्तावित लाभांश पारित गर्नेछ ।
जसमध्ये आशा लघुवित्तको तेस्रो वार्षिक साधार सभामा १२ प्रतिशत बोनस शेयर र करको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश प्र्र्र्र्र्र्र्र्रस्ताव रहेको छ । त्यस्तै ओरियन्टल होटलले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १० दशमलव ७९ प्रतिशत नगद लाभांश प्रसताव लिएर साधारण सभा गर्दैछ ।
सिद्धार्थ बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १५ दशमलव २५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न सभा बोलाएको छ । भने युनिलिभर नेपालले पनि भोलि नै साधारण सभा गर्दैछ । यद्यपि, लाभांशका बारेमा खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस