aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फूलमा झेल, 'तरकारी व्यापारीले फूल आयात गरे'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६
फूलमा झेल, 'तरकारी व्यापारीले फूल आयात गरे'

काठमाडौं । तिहारमा धेरै फूल तथा फूल जन्य बस्तु बढी खपत हुने भएपछि तरकारी तथा फलफूल व्यापारीले भारतबाट फूल आयात गर्न गरेका छन् । गत कात्तिक १ देखि ३ गते नै भारतका विभिन्न स्थानबाट फूल आयात गरि राजधानीका विभिन्न कोल्ड स्टोरेजमा राखेका छन् । 

सितापाइला स्थित बुढाथोकी, बालुजु स्थित क्वालिटी र कोहिनूर कोल्ड स्टोरजमा करिब २ करोड रुपैयाँका सयपत्री फूलका माला तरकारी तथा फलफूल व्यापारीले ल्याएर राखेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष  कुमार कुसजु श्रेष्ठले जानकारी दिए । 

सरकारले गैरकानुनी तवरले फूल तथा फूलजन्य सामान आयात गर्न दिएकोमा फ्लोरिकल्चर एसोसिएसनले भने विरोध गरेको कसजूले बताए । सरकारले तरकारी तथा फलफल व्यापारीलाई फूल आयातको अनुमति दिएर नेपाली व्याापारीलाई तथा कृषकलाई अन्याय गरेको उनको आरोप छ । 

फलफूल तथा तरकारी व्यापारीले आयात गरेको फूल तथा फूलजन्य बस्तुको समेत फ्लोरिकल्चर एसोसिएसनले अनुसन्धान गरिनुपर्ने माग राखेको उनले बताए । व्यापारीले फूल आयात गर्दा भन्सार विन्दुमा पुर्योउनुपर्ने प्रक्रिया नपुर्योइ ल्याएको भन्ने सूचना आफूहरुले थाहा पाएको कसजूले आर्थिक न्युजडटकमलाई बताए । 

उनले भने, ‘कृषिजन्य बस्तु आयात गर्दा पालना गर्नु पर्ने निरोगीताको प्रमाणपत्र फलफूल तथा तरकारी व्यापारले ल्याउन सक्दैनन अनि फुलको बारेमा तरकारी बेच्नेलाई के थाहा हुन्छ ।’ बजारमा पुर्योउनभन्दा १५ दिन पहिला ल्याएर कोल्ड स्टोरेजमा राखेर आम उपभोत्तामा फुल विक्रि गर्दा त्यो गुणस्तर नहुने र आम उपभोत्ताको स्वास्थ्यमा गम्भिर असर पर्ने भन्दै फ्लोरिकल्चर एसोसिएसनले जिल्ला प्रशासन कार्यालय, बाणिज्य विभाग र नेपाल नापतौल तथा गुणस्तर विभागमा भारतबाट आयात गरिएको फूल रोक्न निवेदन समेत दायर गरेको अध्यक्ष कसजूले जानकारी दिए ।

तिहारमा करिब २५ लाख माला आवश्यक पर्ने र आन्तरिक उत्पादनले १५ लाख सयपत्री,७ लाख मालामा गोदावरी मखमलीले माला आपूर्ति गर्न सक्ने अध्यक्ष कसजूले बताए । आन्तरिक उत्पादनले नपुग्ने बाँकी माला मात्र विदेशबाट ल्याउन पर्ने अध्यक्ष कसजूले बताए । तर, व्यापारीले आवश्यकताभन्दा बढी आयात गरि आन्तरिक  उत्पादकहरुलाई असर पर्ने गरि करिब २ करोडको माला आयात गरि कोल्डस्टोरेजमा राखेको उनको दावी छ । 

भारतमा कृषि क्षेत्रलाई ८० प्रतिशतसम्म अनुदान दिने भएकाले नेपाली उत्पादनभन्दा धेरै सस्तोमा कृषि उत्पादन पाइने भएकाले फुलजन्य बस्तु पनि नेपालमाभन्दा भारतमा सस्तो  गरेकोले नेपाली व्यापारीले नाफाका लागिमात्र भारतीय फूल नेपालमा ल्याउने गरेको अध्यक्ष कसजूले आरोप लगाए ।

 भारतबाट नेपालसम्म फूल आइपुग्दा प्रति माला २० रुपैयाँमा नेपाल आइपग्ने गरेको छ । नेपालमा उत्पादन भएका फूलको मालाको करिब ४० रुपैयाँ पर्ने र बजारमा भारतीय फूलसँग प्रतिस्प्रर्दा गर्न कठिन हुने उनको भनाइ छ ।  भारतबाट ल्याएका फुल तथा फूलजन्य बस्तुका कारण नेपाली उत्पादनले बजार नपाउने भइ कृषकहरुको लगानी जोखिममा पर्ने अध्यक्ष कसजूले बताए ।

यसले गर्दा नेपाली कृषक खेतीबाट नै पलायन हुने भएकाले सरकारले अनुदान वृद्धि नगरेपनि भारतीय कृषिजन्य पदार्थलाई मात्र आयात गर्न कडाइ गरिदिन सरकारसँग आग्रह गरेको उनले  बताए । हाल करिब १५७ व्यावसायीको ६ अर्ब लगानी फूल जन्य व्यावसायमा रहेको छ । यसबाट सात सयजनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । 


 

प्रतिक्रिया दिनुहोस