
काठमाडौं । स्वाभिमान लघिुवत्त वित्तीय संस्था लिमिटेडको १ लाख ८५ हजार ५८७ कित्त प्राथमिक शेयर (आईपीओ) आएको छ । यो लघुवित्तले एक सय रुपैयाँ अंकित १ लाख ९६ हजार ६१० कित्ता शेयर मध्ये ३ हजार ९३ कित्ता कर्मचारीलाई, ९ हजार ९३० कित्ता सामूहकि लगानी कोषका लागि छुट्याएर बाँकी रहेको १ लाख ८५ हजार कित्ता भने सर्वसाधारणको लागि जारी गरेको हो ।
यो वित्तीय संस्थाले यही बैशाख २७ गतेबाट आईपीओ बिक्री गर्ने भएको छ । यसको शेयरका लागि न्युनतम १० देखि अधिकतम ५ हजार कित्तासम्मको निम्ति आवेदन दिन पाइने यसको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
यो लघुवित्तको आईपीओ बिक्री पनि छिटोमा बैशाख ३१ भित्रै बन्द हुने उल्लेख छ । यसको प्रतिशेयर आम्दानी अहिले ५५ पैसा मात्रै हरेको छ । आगामी तीन वर्षमै यस्तो आम्दानी ३४ रुपैयाँ ८६ पैसा पुग्ने पनि उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस