
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयर कात्तिक ६ गते बाँडफाँड गरेको छ । कम्पनीले साउन २८ गतेसम्म कायम शेयरधनीका लागि १० बराबर ७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर रितपूर्वक आवेदन दिने शेयरधनीलाई वितरण गरेको हो ।
आवेदन दिँदा आफ्नो हकभन्दा बढी शेयर माग गर्ने आवेदकको हकमा बाँडफाँडमा नपरेको रकम कात्तिक १३ गतेदेखि आईपीएसमार्फत सम्बन्धित शेयरधनीको बैंकखातामै फिर्ता भुक्तानी गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस