aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
उन्नती माइक्रोफाइनान्सको ८ हजार ८९५ कित्ता शेयर लिलामीमा, १२ सयको शेयर कतिमा पाइएला ?

उन्नती माइक्रोफाइनान्सको ८ हजार ८९५ कित्ता शेयर लिलामीमा, १२ सयको शेयर कतिमा पाइएला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ बैशाख २०७६
उन्नती माइक्रोफाइनान्सको ८ हजार ८९५ कित्ता शेयर लिलामीमा, १२ सयको शेयर कतिमा पाइएला ?

काठमाडौं । उन्नती माईक्रोफाइनन्स वित्तीय संस्था लिमिटेडको ८ हजार ८९५ कित्ता शेयर लिलामीबाट बिक्री गरिने भएको छ । यो वित्तीय संस्थाले सर्वसाधारण समूहतर्फको ७ हजार ६१७ कित्ता र संस्थापक समूहतर्फको १ हजार २७८ कित्ता शेयरको बिक्री लिलाम बढाबढबाट गर्दै छ ।

यो वित्तीय संस्थाले यस अघि वितरण भएको साधारण हकप्रद शेयर बिक्री नभएकोले लिलाम बढाबढबाट बिक्री गर्न लागेको हो । यो संस्थाले गत फागुन १३ देखि चैत १२ सम्म बिक्री खुला गरेको हकप्रद शेयरमा बिक्री नभएको यस्तो शेयरलाई लिलामीबाट बिक्री गर्ने भएको छ ।

यसले उक्त शेयर आवेदन दिन चाहने ग्राहकबाट यही बैशाख २६ देखि जेठ २ गतेभित्र आवेदन माग गरेको छ । यसले बोलपत्र पाइने र बुझाउने स्थाको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड नारायण चौर, वित्तीय संस्थाको रुपन्देशीस्थित कार्यालय, सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड रहेको छ ।

यही बैंकको वीरगन्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, वाग्लुंग, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट उक्त शेयरको निम्ति आवेदन दिन सकिने छ । यसको प्रति शेयर नेपाल स्टक एक्सचेन्जमा हाल १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस