aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ओरियण्टल होटलको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
ओरियण्टल होटलको लाभांश पारित

काठमाडौं । ओरियण्टल होटलको २२ औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । सभाले प्रस्तावित ५ प्रतिशत बोनस शेयर र १० दशमलव ७९ प्रतिशत लाभांश पारित गरेको हो । 
होटलको ब्राण्ड मूल्यलाई अझ बढी स्थापित गरी पाहुनाहरुलाई उत्कृष्ट सेवा सुविधा प्रदान गर्दै आम्दानी र मुनाफा बृद्धि गर्दै लैजाने भावि योजना रहेको छ । 

नयाँ परिसरमा ७५ वटा कोठाहरु बनाउनको लागि नेपाल सरकारबाट स्वीकृति प्राप्त भईसकेको र सहवित्तीयकरण बैंकबाट समेत ऋण स्वीकृत भई बोरिङको कार्य सम्पन्न गर्ने योजना होटलको छ । जसले गर्दा होटलको अतिरित्त आय बढ्ने आशा लिईएको छ । होटललाई अत्यावश्यक पर्ने ३ वटा वाहालमा लिएका जग्गामध्य १९ औं वार्षिक साधारण सभाबाट स्वीकृत भई बाँकी रहेको २ वटा जग्गा समेत खरिद गर्ने योजना होटलको छ ।

यो होटलले अन्तराष्ट्रिय होटल चेन ¥याडीसन होटलसँग आवद्ध भएर कार्य गरिरहेको छ । संसारभरि ३८० वटा भन्दा बढी होटल सञ्जाल रहेको  यस ब्राण्डको प्रयोगले विश्वभरि नै नेपालको प्रचार प्रसार तथा यस होटलको बजारिकरणमा सहयोग पुगेको ओरियण्टलको विश्वास छ ।

 २६० वटा आरामदायी कोठाहरु रहेको यस होटलमा पर्यटकहरुलाई आवश्यक विभिन्न सुविधाहरु स्वीमिंग पुल, व्यायाम केन्द्र, प्रख्यात ट्रान्क्वालिटी स्पा, उच्च गतिको तार रहित इन्टरनेट, चौबिसै घण्टा सञ्चालन हुने क्यासिनो ¥याड सञ्चालनमा छन । साथे ६ वटा अलग अलग किसिमका रेष्टुरेण्ट तथा बार समेत यस होटलले सञ्चालन गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस