aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आउँदै

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा मंसिर ३ गते हुने भएको छ । कम्पनीको कात्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 
साधारण सभाको आईपीओ जारी गर्ने प्रस्ताव रहेको छ । कम्पनीले ६० करोड बराबरको आईपीओ जारी गर्नेछ । हाल कम्पनीको चुक्तापुँजी  १ अर्ब ४० करोड छ । आईपीओ निष्कासन पश्चात पूँजी बीमा समितिले लाइफ इन्स्योरेन्स कम्पनीलाई तोकेको २ अर्ब पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस