aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

फिल्म 'गुञ्जन'मा नीताको आइटम डान्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० कार्तिक २०७६
फिल्म 'गुञ्जन'मा नीताको आइटम डान्स

काठमाडौं । द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको फिल्म ’गुञ्जन’मा नायिका नीता ढुंगानाको आइटम डान्स रहने भएको छ । फिल्ममा समावेश ’कोही भन्छन् रसिली छु रे’ बोलको आइटम गीतमा निताले नृत्य गरेकी हुन् ।

 अमृत मरहथाको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतमा बानिका प्रधानको स्वर रहेको छ । पोखरा स्थित म्याट्रिक्स अरिनामा तीन दिन लगाएर छायांकन गरिएको उक्त गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने छायांकन राजेश श्रेष्ठले गरेका हुन् । 

भिडियोमा नायिका नीता ढुंगाना सहित फिल्मका मुख्य कलाकार सरोज खनाल, प्रितम राज सेञ्चुरी र कविर खड्का फिचर्ड छन् । सो गीतको छायांकन सकिए संगै फिल्मको पोखरा सेड्युल सकिएको छ । फिल्मको बाँकि छायांकन काठमाडौँ र दुई गीतको छायांकन जोमसोम अथवा दुवईमा गरिने निर्देशक अष्ट महर्जनले बताएका छन् । फिल्मलाई फागुनको पहिलो हप्ता प्रदर्शनमा ल्याउने तयारी रहेको निर्देशक महर्जनले बताए । 

महेश दवाडीको कथा रहेको फिल्ममा कल्याण सिंह संगै अर्जुन पोखरेलको संगीत, राजेश श्रेष्ठको छायांकन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ए।एच इन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा हिरा कृष्ण शाहीको प्रस्तुती रहेको फिल्ममा हिरा कृष्ण स्वयम र सुनिता शाहीको लगानी रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस