काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातभरी (पिक डिमाण्ड)मा भारप्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएर लक्ष्मीपुजालाई धकिधकाउ बनाउन बनाएका छ । लक्ष्मीपुजाको विद्युतको माग १०८९ मेगावाट पुगेको थियो । लक्ष्मी पूजाको दिन आइतबार साँझ साढे ६ बजे पिक डिमाण्ड रेकर्ड गरेको थियो । यो गत वर्षको तुलनामा १६ मेगावाटले कम भएको प्राधिकरणले जनाएको छ ।
तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । औद्योगिक ग्राहकको विद्युत माग करिब ३०० मेगावाट छ ।
घिसिङ लक्ष्मीपूजाका लागि देशैभरी बत्ती बल्नका लागि विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार स्यूचाटारस्थित भारप्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए । घिसिङलाई सहगोग गर्न सञ्चालकहरु चेतराज जोशी, विश्वप्रकाश गौतमसहितका प्राधिकरणका उच्च अधिकारीहरु त्यहा उपस्थित रहेका थिए ।
प्रतिक्रिया दिनुहोस