aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

गुराँस लघुवित्तको आईपीओमा १६ गुणा बढी आवेदन भोलिसम्म भर्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ बैशाख २०७६
गुराँस लघुवित्तको आईपीओमा १६ गुणा बढी आवेदन भोलिसम्म भर्न पाइने

काठमाडौं, वैशाख १९ । गुराँस लघुवित्त वित्तीय संस्थाको आईपीओमा मागभन्दा करिब १६  गुणा बढी आवेदन परेको छ ।  वैशाख १६ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा शुक्रबारसम्म आवेदन दिन पाइने छ ।

न्यूनतम १० कित्तादेखि अधिकतम् ५ सय कित्तासम्म आवेदन दिन मिल्छ । कम्पनीले २ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्नेमध्य ३  हजार ८ सय ७५ कित्ता शेयर कर्मचारीको लागि र १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको २ लाख ३३ हजार ६ सय २५ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री गरेको हो ।

३ करोड रूपैयाँभन्दा कमको आईपीओ भएका कारण यस आईपीओलाई क्रेडिट रेटिङ गर्नुपर्ने बाध्यात्मक व्यवस्था छैन । हाल कम्पनीको चुक्ता पुँजी  ५ करोड २५ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँडपश्चात कम्पनीको चुक्ता पुँजी ७ करोड ७५ लाख पुग्नेछ । चालू आवको चैत मसान्तसम्ममा कम्पनीले ६९ लाख ७ हजार नाफा कमाएको छ ।
 

प्रतिक्रिया दिनुहोस