aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

१७ कम्पनीको साढे चार अर्ब बढीको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
१७ कम्पनीको साढे चार अर्ब बढीको बोनस शेयर सूचीकृत

काठमाडौं । चालू आर्थिक वर्ष २०७६र७७ को असोजसम्ममा ४ अर्ब ५७ करोड ६३ लाख ६० हजार ७८५ रुपैयाँ बराबरका बोनस शेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएका छन् । दुई वटा बाणिज्य बैंक, तीन वटा विकास बैंक, तीन वटा माइक्रो फाइनान्स, दुई वटा जलविद्युत, १ फाइनान्स र अन्य २ वटा कम्पनी र ६ वटा बीमा कम्पनीको बोनस शेयर सूचीकृत भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
 प्राइम कमर्शियल बैंकको सबैभन्दा धेरै एक अर्ब २८ करोड ५३ लाख २७ हजार ८०० रुपैयाँ बराबरको एक करोड २८ लाख ५३ हजार २७८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । सेञ्चुरी कमर्शियल बैंकको १६ लाख ५० हजार अर्थात १६ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सूचीकृत भएको छ । 


 

प्रतिक्रिया दिनुहोस