aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शिवश्री हाइड्रोको आइपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
शिवश्री हाइड्रोको आइपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन

काठमाडौं । असोज १६ गतेदेखि सर्वसाधारणको लागि विक्रीमा आएको शिवश्री हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले ३३ लाख ५१ हजार १४० कित्ता शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो । यस अघि आयोजना प्रभावित स्थानियलाई जारी गर्दा विक्री हुन नसकेको ११ लाख ३६ हजार ५४० कित्ता शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणलाई जारी गरेको हो । 

यो आईपीओ छिटोमा असोज २४ गतेभित्र विक्री बन्द हुने भनिएपनि त्यस अवधिमा तोके बमोजिम आवेदन नपरेपछि कात्तिक १५ गतेसम्मको अवधि तोकिएको थियो । यस अवधिमा पनि पूर्ण आवेदन पर्ने सम्भावना कम रहेको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार ४ः१५ बजेसम्म २५ प्रतिशत मात्र शेयर विक्री भएको छ । यस अवधिमा १६ हजार ७७२ जना आवेदकले ८ लाख ५० हजार ७६० कित्ताको लागि मात्र आवेदन दिएका छन ।

यस आइपीओमा न्युनतम १० कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ खरिद गर्न चाहनेले सि–आश्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । साथै मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले सर्वसाधारणको लागि जारी गर्न लागेको यस आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा कमजोर रहेको देखाउँछ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको  कुल लागत  ४ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ छ भने प्रति मेगाावाट लागत  २२ करोड ४५ लाख ९४ हजार रुपैयाँ छ । हाल  १ अर्ब १४ करोड १२ लाख ८६ हजार रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात  १ अर्ब ४७ करोड ६४ हजार रुपैयाँ पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस