काठमाडौं, वैशाख १९ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको आईपीओ आज बाँडफाँड भएको छ । सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत राखेका यी आयोजनाको आईपीओ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बाँडफाँड गरिएकोे हो ।
साञ्जेन जलविद्युत् कम्पनीको स्वीकृत आवेदनबाट २ लाख ८८ हजार ८९७ जनालाई बाँडफाँड गरिएको छ । यसेमा १० देखि २ हजार कित्तासम्म आवेदन दिने सबै आवेदकलाई १० कित्ताको दरले शेयर दिइएको छ ।
बाँडफाँट गरेर बाँकी रहेको शेयर २० कित्तादेखि माथि आवेदन दिएकामध्येलाई गोलाप्रथामार्फत थप १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ ।
रसुवागढीको आईपीओमा १० देखि ४० कित्तासम्म आवेदन दिएकालाई मागअनुसार नै शेयर परेको छ भने २३ हजार ६९३ जनालाई गोलाप्रथाबाट थप १० कित्ता शेयर दिइएको छ ।
प्रतिक्रिया दिनुहोस