aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

वीरगन्ज महानगरपालिकाको उज्यालो कार्यक्रम शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ कार्तिक २०७६
वीरगन्ज महानगरपालिकाको उज्यालो कार्यक्रम शुरु

वीरगन्ज ।  वीरगन्ज महानगरपालिकाद्धारा लागुभएको उज्यालो बिरगंज कार्यक्रमको शुरु भएको छ । उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख विजय कुमार सरावगीले गरेका थिए । प्राविधिक उपकरण जडान सकितको लाइटद्धारा महानगरपालिकाको सहरी तथा ग्रामिण भेगलाई उज्यालो बनाउने उदेश्यका साथ महानगरपालिकाले चालु आर्थिक बर्षदेखि लागु उक्त कार्यक्रमको शुरु गरिएको हो ।  

माहानगर भित्र यसबर्ष दसवटा टावर लाईट लगाउने योजना रहेकोे र त्यस मध्ये वार्ड न १९ बिन्दवासीनीको केहुनिया चौक र वार्ड १० अन्तर्गत अदर्शनगर रगशालामा जडान गरिएको छ । बाकी टावर लाइटहरुको यहि कार्तिकको अंतिमसम्मा संचालन भइहाल्ने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको सबै सडक तथा चौकहरुलाई अत्याधुनिक पोलबति जडान गरि  बिरगंजलाई उज्यालो बनाउने आफ्नो लक्ष्य रहेको नगरप्रमुख सरावगीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस