
काठमाडाैं । रुवि भ्याली हाइड्रोपावर कम्पनीको सोमबार (कात्तिक १८ गते) दोस्रो र तेस्रो वार्षिक साधारण सभा गरेकाे छ । सभा युनिभर्सल क्याफे, सुकेधारा काठमाडौंमा ११ बजेबाट सुरु भएको हो ।
कम्पनीले आफ्नो रजिष्टर्ड कार्यलयको ठेगाना परिवर्तन र सञ्चालक समिति सदस्य संख्या वृद्धि गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेकाे छ । यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
प्रतिक्रिया दिनुहोस