aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

टिभिएस अपाचेले सातै प्रदेशमा सप्तरङ्ग सिरिज २ प्रदर्शन गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ कार्तिक २०७६
टिभिएस अपाचेले सातै प्रदेशमा सप्तरङ्ग सिरिज २ प्रदर्शन गर्दै

काठमाडाैं । टिभिएस टु ह्वीलरको नेपालस्थित एक आधिकरिक वितरक जगदम्बा मोटर्स प्रालिले देशको सातै प्रदेशमा ‘टिभिएस अपाचे सप्तरङ्ग सिरिज २’को आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रमको उद्घाटन सातै प्रदेशका मुख्यमन्त्रीहरुले गर्ने भएका छन्। यो कार्यक्रम आउँदो बिहीबारदेखि सातैवटा प्रदेशमा प्रदर्शन हुने आयोजक संस्था ग्रीष्मा ब्रोडकास्टिङले जनाएको छ।

कार्यक्रममा विभिन्न गीतसंगीत, नृत्य आदि समावेश हुनेछ। यससँगै महानायक राजेश हमाल, जितु नेपाल, गायक सुगम पोखरेल लागयत कलाकारको प्रस्तुती हुनेछ।

नेपाललाई सन् २०२० मा भ्रमण वर्षको रुपमा मनाउन लागेको सन्दर्भमा ‘पर्यटन प्रवद्र्धन र समुन्नतिका लागि’ भन्ने नारासहित कार्याक्रम हुने भएको आयोजकले बतायो।

सप्तरङ्ग सिरिज २ एक सांगीतिक मनोरन्जनात्मक कार्यक्रम हो। आयोजनकाअनुसार यो कार्यक्रम फरक–फरक दिनमा दिउँसो ३ बजेपछि प्रदर्शन गरिनेछ।

प्रतिक्रिया दिनुहोस