
काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको आजै बसेको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश पारितका लागि कम्पनीले मंसिर ११ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्ताप्ँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजारको आधारमा लाभांश दिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २७ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोजको मिति तय गरेको छ । गत वर्ष पनि यस कम्पनीले शेयरधनीका लागि २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत नै लाभांश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस