aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

जगदम्बा मोटर्सले प्रोटोन गाडी ल्याउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ कार्तिक २०७६
जगदम्बा मोटर्सले प्रोटोन गाडी ल्याउँदै

काठमाडाैं । मेलेसियन गाडी ब्राण्ड प्रोटोनको नेपालमा पुनरावलोकन हुने भएको छ। जगदम्बा मोटर्सले प्रोटोनलाई नेपाली बजारमा पुनरावलोकन गराउन लागेको हो।

यस अघि ६६ सालमा नेपालमा पहिलो पटक कन्स्ट्यान्ट बिजनेस ग्रुपले नेपालमा प्रोटोन भित्र्याएको थियो। पछि विभिन्न कारणबस कन्स्ट्यान्ट बिजनेस ग्रुपले प्रोटोन बेच्न छोडेकाे थियाे ।

प्रोटोन ब्राण्ड जगदम्बा ग्रुपले नेपालमा ल्याउने निश्चित भएपनि लन्च गर्ने समय र गाडीको मोडल निश्चित भइनसकेको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस