
काठमाडौं । गुराँस लाइफ इन्सुरेन्सले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १३.१०% बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७४–०७५ को नाफाबाट बोनस सेयरको घोषणा गरेको हो । यस इन्सुरेन्सले प्रस्ताव गरेको बोनस सेयर नियामक बिमा समिति र कम्पनीको अगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् ।
प्रतिक्रिया दिनुहोस