
काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने समय आजसम्म रहेको छ। मागभन्दा १६ गुणा बढी आवेदन परेको यो लघुवित्तको आईपीओ आज कार्यालयसमपछि बन्द हुँदै छ । वैशाख १६ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा शुक्रबारसम्म आवेदन दिन पाइने छ ।
न्यूनतम १० कित्तादेखि अधिकतम् ५ सय कित्तासम्म आवेदन दिन सकिने यो कम्पनीले २ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्नेमध्य ३ हजार ८ सय ७५ कित्ता शेयर कर्मचारीको लागि र १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको २ लाख ३३ हजार ६ सय २५ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री गरेको छ ।
३ करोड रूपैयाँभन्दा कमको आईपीओ भएका कारण यस आईपीओलाई क्रेडिट रेटिङ गर्नुपर्ने बाध्यात्मक व्यवस्था छैन । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड २५ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँडपश्चात कम्पनीको चुक्ता पुँजी ७ करोड ७५ लाख पुग्नेछ ।
चालू आवको चैत मसान्तसम्ममा कम्पनीले ६९ लाख ७ हजार नाफा कमाएको छ । यो वित्तीय संस्थाको प्रतिशेयर आम्दानी अहिले ६ रुपैयाँ २५ पैसा रहेको छ । अगामी ३ वर्षमा यसको यस्तो आम्दानी ३२ रुपैयाँ १० पैसा पुग्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस