aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्याजको मुल्य फेरि बढ्ने संकेत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० कार्तिक २०७६
प्याजको मुल्य फेरि बढ्ने संकेत

एजेन्सी । प्याजको मुल्य फेरि बढ्ने संकेत देखिएको छ । भारतीय बजारमा प्याजको मुल्य १०० भारु पुगेको खबर आएसँगै नेपालमा पनि प्याजको मुल्य बढ्ने संकेत देखिएको हो । भारतमा बुधबार खुद्रा मुल्य १०० रुपैयाँ भारुमा खरिद विक्रि भइरहेको छ । भारतीय व्यापारीहरुका अनुसार प्याजको मुल्य यहि रुपमा रहे केहि दिनमा नै १२० रुपैयाँ भारु पुग्ने बताउछन् । 

भारतमा गतवर्षभन्दा ४० प्रतिशत उत्पादन कम भएपछि प्याजको हाहाकार भएको भारतीय केन्द्रीय खाद्य तथा उपभोक्ता मन्त्री राम विलास पासवाले बताएका छन् । भारतको राजधानी दिल्लीमा गएको १० दिनमा प्याजको मुल्य २०० देखि ३०० प्रतिशतसम्म पुगेको छ । त्यस्तै भारतका अन्य राज्यमा पनि खुद्रा मुल्य नै ८० देखि ९० भारु पुगेको छ । भारतको केन्द्री मन्त्रालयले प्याजको निर्यातमा रोक लगाइसकेको छ । नेपालमा पनि प्याज भारतबाट धेरै आउने भएकाले नेपालमा पनि प्याजको मुल्य बढ्ने संकेत देखिएको छ । 

प्रतिक्रिया दिनुहोस