aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मलेसियामा एक नेपालीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौं ।खसप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित  जिलियन क्रेसियन कम्पनीमा कार्यरत  यादव  ड्युटीमा जानका लागि  तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ  । यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल  सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न  निकायलाई आग्रह गरिएको छ । दुई वर्षअगाडि  यादव  रोजगारीको सिलसिलामा मलेसिया गएको  थियो ।

प्रतिक्रिया दिनुहोस