aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
भारतसँगको रेल खरिदको सम्झौता मंगलबार काठमाडौंमै हुने, भारतीय टोली रेल बेच्न नेपाल आउँदै

भारतसँग रेल खरिदको सम्झौता मंगलबार काठमाडौंमा, भारतीय टोली रेल बेच्न नेपाल आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० बैशाख २०७६
भारतसँग रेल खरिदको सम्झौता मंगलबार काठमाडौंमा, भारतीय टोली रेल बेच्न नेपाल आउँदै

काठमाडौं । नेपालले भारतसँग किन्ने रेलको लागि पर्सि आइतबार भारतीय टोल नेपाल आउने भएका छन् । नेपालले खरिद गर्ने रेलका विषयमा भारत सरकारसँगको जीटुजी हो । यो रेल दुई देशको सरकारबीचको सहमतिमा किन्ने भएकोले भारतबाट सरकारी टोलीकै प्रतिक्षा गरिरहेको रेल विभागले जानकारी दिएको छ ।

भातरमा लोकसभा निर्वाचन सुरु हुने समयमा नै नेपालले रेल किन्ने प्रक्रिया अगाडि बढाएको थियो । ‘हामीले रेल किन्न लागेको बम्बैको कम्पनीबाट हो । यहाँ चुनाव सकिएकोले अब भारतीय टोली वार्ता र समहतिका लागि आउने भएका छन’, रेला विभागका महानिर्देशक बलरामा मिश्रले शुक्रबार आर्थिक न्युजसँग भने । उनका अनुसार रेल बेच्ने सरकारी टोली आइबार आउने भएका छन् । त्यसपछि सोमबार र मंगलबार दुई पक्षिय वार्ता गरेर मंगलबार नै रेल किन्ने दुईपक्षिय सम्झौता हुने मिश्रले बताए । 

उनका अनुसार यस अघि सरकाले तीन महिना भित्रै रेल किन्ने गरी दिएको स्वीकृतिलाई हामीले कार्यान्वयन गर्ने ढिलो भएको छ । अब भने प्रक्रिया अगाडि बढेको र सम्झौताको तीन महिनामा नै रेल आउने दाबी मिश्रको छ । 

रेल विभागले नेपालमा पहिलो पटक किन्न लागेको डिजेल तथा इलेक्टिकल रेल हाल निर्माण भइरहेको जयनगर जनकपुर खण्डमा चल्ने छ । हाल यो रेल धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको जम्मा ३५ किलोमिटरको दूरीमा सञ्चालन हुने छ । त्यसपछि नेपालले रेलमार्ग विस्तार गर्दै सञ्चालनको दूरी पनि बढाउने छ ।

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा नेपालले रेल सञ्चालन गर्ने छ । हाल जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माण भइरहेको छ। यो रेलमार्ग पुरानै जनकपुर जयनगरको ५२ किमि दुरीमा चलेको रेलमार्गकै अपग्रेड भर्सन भएको पनि विभागले जानकारी दिएको छ ।

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारका अनुसार नेपालले खरिद गर्न लागेको(डेमु )डिजेल इलेक्ट्रिक मल्टिपल युनिटु ट्रेन सेट हो। यो रेल किन्न सरकारले ८४ करोड रुपैयाँको बजेट पनि दिएको छ । रेलसहित भारतीय प्राविधिक पनि आउने मिश्रले बताए । अन्य सामान्य कर्मचारी भने हाम्रो आफ्नै हुने छ । 
 

प्रतिक्रिया दिनुहोस