aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेसनल लाइफ साढे १४ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
नेसनल लाइफ साढे १४ प्रतिशत लाभांश दिने

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले आव २०७४/७५ को वार्षिक साधारण सभा कात्तिक २४ गते गर्न लागेको छ । उक्त सभाले प्रस्तावित १२ प्रतिशत नगद लाभांश र २ दशमलव ५ प्रतिशत बोनस शेयरलाई अनुमोदन गर्नेछ । साथै सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित, लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगाएत शेयर स्वामित्व संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्न प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव सभाका लागि तय भएको छ । 

हाल कम्पनीको शेयर स्वामित्व ३५ प्रतिशत संस्थापक र ६५ प्रतिशत सर्वसाधारण्को हिस्सा रहेको छ । कम्पनीको चुक्तापुँजी ३ अर्ब ७४ लाख ४० हजार छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम सदस्यहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस