aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अब बीमा पोलिसी अनलाइनबाट किन्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
अब बीमा पोलिसी अनलाइनबाट किन्न सकिने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको पोलिसी अब अनलाइनबाट ग्राहकले आफै खरिद गर्न सक्ने बनाएको छ ।  कम्पनी लिमिटेडले अनलाइन प्रविधिबाट यस कम्पनीका विभिन्न जिवन बीमा योजना ग्राहक स्वयंले नै खरिद गर्न सक्ने प्रविधि विकास गरि सञ्चालनमा ल्याएको हो  ।

 यो प्रविधिबाट जुनसुकै स्थानका ग्राहकले आफुले लिन चाहेको जिवन बीमा योजना तथा त्यस योजना अन्तर्गतका अतिरिक्त ऐच्छिक सुविधाहरm छनौट गरी त्यस वापतको प्रिमियम अनलाइन भुक्तानी सेवा प्रदायक मार्फत भुक्तानी गर्न सकिने जनाएको छ ।

 हालको लागी अधिकतम विमाङ्क रकम ५ लाख रुपैयाँसम्मको बीमालेख खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यस प्रविधि अन्तर्गत ग्राहकलाइ कागजी प्रस्ताव फारम भर्न नपर्ने र अनलाइन फारममा उपलब्ध गराइएका विवरणका आधारमा सो प्रस्ताव फारम तत्कालै स्विकृत भइ बीमालेख जारी हुने कम्पनीको दावी छ । 

कम्पनीले शरुवात गरेको अनलाइन प्रविधिबाट प्रदान गरिने बीमाको सेवाबाट धेरै भन्दा धेरै जनतासमक्ष जीवन बीमाको पहँुच पुग्ने विश्वास कम्पनीले लिएको छ । अनलाइन मार्फत प्राप्त प्रस्ताव फारममा उल्लेखित ठेगानाबाट नजिक पर्ने यस कम्पनीको शाखा तथा उपशाखा कार्यालयबाट स्वीकृत भएको बीमालेख सम्बन्धित बीमितलाई दिने व्यवस्था समेत गरिएको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस