वीरगन्ज । वीरगन्ज महानगरपालिले चलचित्र महोत्सवमा देशका ख्यातिप्राप्त कलाकारहरु सम्मानित भएका छन् । उक्त चलचित्र महोत्सवलाई सम्बोधन गर्दै महानगरपालिकाका मेयर विजय सरावगीले यो चलचित्र महोत्सवले सबै भाषा भाषिलाई मुलधारमा ल्याउन बताएका थिए । मेयर सरावगीले महोत्सकाको दोश्रो साझं स्थानिय कलाकारहरुलाई सम्मानित गर्ने कार्यक्रममा राखिएको थियो ।
राजधानी वाहिर पहिलो पटक नेपाली सिनेजगतका सबै कलाकारहरुको भव्य उपस्थितीमा समपन्न भइरहेको उक्त कार्यक्रमले नेपाली चलचित्रको विकासमा विभिन्न नया आयाम थपिने धारणा राखेका थिए । उलले आउने भविष्यमा सबै भाषा ,सस्कृतिलाई जोडदै नेपाली चलचित्र मुलुकका सबै दर्शकमाझ लोकप्रिय हुदै जाने शुभकामना समेत व्यक्त गरे ।
कार्यक्रममा नेपाली चलचित्रहरुमा ख्याती प्राप्त बारा पर्साका कलाकारहरुलाई सम्मानित गरिएको थियो ।नेपाली चलचित्र संघका उपाध्यक्ष भूवन चन्दथापाको अध्यक्षतामा सम्पन्नको कार्यक्रममा वीरगन्जका माधव वाग्ले,विज्या गीरी,सन्जु अमात्य,बिरेन्द्र शर्मा,प्रवीण थापा ,सन्दिप क्षेत्री,रवि बस्नेत ,सिमराका सानी उप्रेति र स्वर्णपुरका दिपेन्द्र लामा लगायतका कलाकारहरुलाई विशेष सम्मान पत्र प्रदान गरिउको थियो ।
प्रतिक्रिया दिनुहोस