aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

युनाइटेड इन्स्योरेन्सले गर्यो रित्तो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ कार्तिक २०७६
युनाइटेड इन्स्योरेन्सले गर्यो रित्तो साधारण सभा

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७४÷७५ को वार्षिक साधारण सभा मङ्गलबार सम्पन्न गरेको छ । एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपरेकाले गत वर्षनै सम्पन्न गर्नुपर्ने साधारण सभा कम्पनीले यस वर्ष गरेको हो । 

यस वर्ष शेयरधनीहरुका लागि लाभांश भने दिएको छैन् । कम्पनीले गत भदौ ३ गतेदेखि अशोज २३ गतेसम्म २४० प्रतिशत हकप्रद विक्री गरेको थियो । उक्त अवधिमा आवेदन माग भए अनुसार कम्पनीले कात्तिक २२ गते बाँडफाँट गरेको छ । उक्त अवधिमा ५ हजार ४५० आवेदकहरुबाट रितपूर्वक माग भए बमोजिम ६७ लाख ५७ हजार ५१६ कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको हो ।

 कम्पनीले १ बराबर २ दशमलव ५ को अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता शेयर विक्रीमा ल्याएको थियो । वितरण हुन बाँकी शेयर कम्पनीले लिलामीमा विक्री गर्नेछ । कम्पनीको ५ लाख ८४ कित्ता हकप्रद शेयर वितरण हुन बाँकी छ ।

आर्थिक वर्ष २०७०/७१ मा २० प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात २०७२ सालको महाभुकम्पको कारणबाट बीमा दावी क्षतिको पुनर्बीमा प्राप्त हुनुपर्ने रकम समयमा प्राप्त नभएकाले लाभांश तिवरण गर्न नसकेको कम्पनीले प्रष्ट पारेको छ ।

हाल पूनर्बीमा बाट प्राप्त हुनुपर्ने रकम प्राप्त भइसकेकाले अवको साधारण सभाले केहि मात्रामा भए पनि लगानीको प्रतिफल दिन प्रयास गर्ने अध्यक्ष भरत बहादुर कार्कीको भनाई छ । गत वर्षको साधारण सभा आगामी तिन महिनाभित्र सम्पन्न गर्ने योजना पनि कम्पनीको छ । 
 

प्रतिक्रिया दिनुहोस