
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आठौ वार्षिक साधारण सभा मंसिर २० गते तय गरेको छ । कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारित लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगाएत लाभांश पारित गर्न सभा बोलाएको हो ।
साथै अन्य कुनै लघुवित्त कम्पनीलाई प्राप्ती गर्न उपयुक्त देखिएमा त्यस सम्बन्धी सम्पूर्ण काम गर्ने जिम्बेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।
सभा विहान ११ बजे अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा सुरु हुनेछ । सभामा भाग लिन र लाभांश प्राप्त गर्नका लागि कम्पनीले मंसिर ११ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यस आधारमा मंसिर १० गतेसम्म कायम सदस्यहरु योग्य हुनेछन ।
प्रतिक्रिया दिनुहोस