aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेशनल लाईफ इन्स्योरेन्सले गर्यो ६२ लाखको बीमा दाबी भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ कार्तिक २०७६
नेशनल लाईफ इन्स्योरेन्सले गर्यो ६२ लाखको बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले  केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा आज एक कार्यक्रम आयोजना गरी स्व.सुचिता खनालको मृत्यु बीमा दावी भुक्तानी गरेको छ । स्व.सुचिता खनालले ३ वर्ष अघि रु.५० लाखको जीवन बीमा गर्नु भएकोमा वोनस सहित रु.६२,२०,०००र( (रु.वासठी लाख बीस हजार) को रकम बीमा दावी वापत भुक्तानी भएको हो । 

उक्त रकम कम्पनीको कार्यकारी प्रमुखले स्व.सुचिता खनालको श्रीमान  रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका थिए  । कार्यक्रममा उक्त दावी छोटो समयमा नै आवश्यक कागजात पेश भएपछि यथाशिघ्र फर्छौट गरिएको कार्यकारी प्रमुखले वताउनु भयो ।

 रामेश्वर प्रसाद खनालले वीमा दावी सहज र शिघ्र तरिकाले भुक्तानी भएकोमा ब्यवस्थापनलाई धन्यवाद ज्ञापन गरेका थिए  । विमित श्रीमती खनालको उपचारको क्रममा मिति २१÷०६÷२०७६ मा मृत्यु भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस