
काठमाडौं । दशैंमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता इन्द्रराज शेरचन घोषित भएका छन् । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र«’ मार्फत विजेता घोषित भएका हुन ।
शेरचनले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । उनले युके स्थित रिया मनि ट्रान्स्सफर मार्फत ५० हजार १ सय ३७ रुपैयाँ नेपालमा पैसा पठाएका थिए जसको दुई गुणा हुन आउने रकम एक लाख २ सय ७४रुपैयाँ रकम जित्न सफल भएका छन । पुरस्कार शेरचनका आफ्न्त चेलीमाया गौचनले ग्रहण गरेकी छिन । । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको थियो ।
अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस