
काठमाडौं । बोट्लर्स नेपाल तराई र बोट्लर्स नेपाल बालाजुले एकै दिन कात्तिक २८ गते बिहीबार बार्षिक साधारण सभा बोलाएका छन । बोटलर्स नेपाल बालाजुले गत वर्षको वार्षिक प्रतिवेदन पारित र लेखा परिक्षक नियुक्ति सँगै निजको पारिश्रमिक निर्धारणको विषय सभाका लागि तय गरेको छ । त्यस्तै बोटलर्स नेपाल तराईले वार्षिक प्रतिवेदन पारित , लेखापरिक्षक नियुक्ति लगाएत प्रस्तावित प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश दिने प्रस्तावलाई समेत पारित गर्नेछ ।
सभा बोटलर्स नेपाल बालाजुको अपरान्ह ४ बजे अन्नपूर्ण होटल, दरबारमार्गमा र बोटलर्स नेपाल तराईको विहान ११ बजे सोही स्थानमा शुरु हुनेछ । सभा प्रयोजनका लागि दुबै कम्पनीले एकै दिन कात्तिक १४ गतेदेखि बुक क्लोज गरेका छन् । यस आधारमा बुक क्लोजको अघिल्लो शेयर कारोबारसम्म कायम सदस्यहरु सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन ।
प्रतिक्रिया दिनुहोस