aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

‘एक्स्ट्रिम ई’ रेशिङ सिरिजको चौथो संस्करण मुस्ताङमा हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
‘एक्स्ट्रिम ई’ रेशिङ सिरिजको चौथो संस्करण मुस्ताङमा हुँदै

काठमाडौं । विश्वभर सञ्चालन भइरहेको ‘एक्स्ट्रिम ई’ रेशिङ सिरिजको चौथो संस्करण मुस्ताङको लार्जुङमा ‘एक्स्ट्रिम रेस’हुने भएको छ । बिहीबार पर्यटक बोर्डमा भएको पत्रकार सम्मेलनमा एक्स्ट्रिम ई का संचालक अलेजान्द्रो अगागले गण्डकी प्रदेश, मुस्ताङमा उक्त संस्करणको आयोजना हुने घोषणा गरेका हुन ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा हुन लागेको उक्त रेश एक अर्बभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । यसमा विद्युतीय कारको प्रयोग हुनेछ । रेसका लागि आवश्य सबै सामान आयोजकले नै नेपाल ल्याउने छ । साथै खर्च पनि आयोजककोले नै गर्ने भएको छ ।

हालसम्म एक्स्ट्रिम ई ले विभिन्न ३ स्थानमा उक्त रेसको आयोजना गरिसकेको छ । नेपालमा भने पहिलोपल्ट विश्वकै अग्लो स्थानबाट उक्त प्रतिश्पर्धा गर्न पाएकोमा खुसी लागेको संचालक अगागले जानकारी दिए ।

उक्त प्रतिश्पर्धा कालिगण्डकी उपत्यकामा गरिनेछ । जुन जोमसोमबाट २५ किलोमिटर दक्षिणमा पर्दछ । उक्त प्रतिश्पर्धामा चट्टानयुक्त बाटो, कच्ची खाल्टा खुल्टि बाटो पार गर्नुपर्ने छ ।

उक्त गाडी रेसिङमा विद्युतीय एसयुभी गाडी प्रयोग गर्ने जनाएको छ । उक्त कार्यक्रममा सन् २०२१ को मेमा हुने आयोजकले जनाएको छ । 
मुस्ताङमा हुने यो रेसिङमा विश्वका १२ टिम सहभागी हुने छन् । यसमा नेपाल सरकारको तर्फबाट सहयोग मात्रै हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस