aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिटिजन लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ कार्तिक २०७६
सिटिजन लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ ।
 सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीएस र कनेक्ट आइपिएस् ई–पेमेन्ट प्रणालीसँग जोडिए पछि इन्स्योरेन्स भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, लगायत लगानी ट्रान्सर सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।

त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्सका बीमितले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइनमार्फत कनेक्ट आइपीएस् ई–पेमेन्टबाट वा पाँच हजारभन्दा बढी बैंक शाखाबाट तिर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस