
काठमाडौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २१ करोड ७० लाख खुद मुनाफा आर्जन गरेको छ। उक्त मुनाफा अघिल्लो बर्षको यसै अवधिको तुलनामा करिब १९ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको यस अवधिमा कम्पनीले २६ करोड ७८ लाख खुद मुनाफा आर्जन गरेको थियो।
आज प्रकाशित वित्तीय विवरण अनुसार बिद्युत बिक्रिबाट हुने आम्दानी २.९४ प्रतिशतले घटेको छ। यस अवधिमा बिजुली बेचेर कम्पनीले ३५ करोड १० लाख आम्दानी गरेको छ।
यस अवधिमा कम्पनीको वित्तीय विवरण अनुसार खातामा निक्षेप १ अर्ब ५१ करोड पुगेको छ। गत आर्थिक बर्षको तुलनामा यो निक्षेप ४७ प्रतिशतले बढी हो। त्यस्तै कम्पनीले बिभिन्न संलग्न कम्पनीमा ५ अर्ब ९३ करोड लगानी गरेको छ।यस अवधिमा कम्पनीको चुक्ता पुंजी ४ अर्ब ७५ करोड छ भने प्रति सेयर आम्दानी १८ रुपैयाँ २४ पैसा छ।
प्रतिक्रिया दिनुहोस